किन छ भूकम्पीय जोखिम नेपालमा ?
BY:- सुमन पनेरू (066/BAE/240)
अग्लो घर बनाएर अरूको होचा घरलाई खिज्याउनुमा गर्व गर्ने सामन्ती संस्कृति छ हाम्रोमा । अग्लो घर स्वतः भूकम्पीय जोखिममा रहन्छ । लगानी बढ्ने डरमा पनि मान्छेले भूकम्प प्रतिरोधात्मक घर बनाएका छैनन् । त्यसको परिणाम घातक हुने निश्चित छ ।
पछिल्लोपटक जापानमा गएको भूकम्प र त्यसका परिणाम मिडियाबाट थाहा पाएपछि पहिले-पहिले जस्तै धेरै ठाउँमा प्रतिक्रियात्मक चर्चा सुन्न पाइएको छ । 'भूकम्पले फलानो सहरमा यति मर्लान् उति मर्लान् । यसो होला, उसो होला' आदि । भूपि शेरचनको 'यो हल्लै हल्लाको देश हो' कविताको सान्दर्भिकता नेपालमा आज पनि उत्तिकै छ । कहिल्यै कसैले पूर्वानुमान गर्न नसक्ने भूकम्पबारे, अनेक ज्योतिष र बाबाको हवाला दिँदै वेलावेला फलानो दिन र समयमा भूकम्प आउँदै छ भन्ने हल्ला पनि सुनिने गर्छ । जे भए पनि आखिर भूकम्प एक प्राकृतिक प्रतिक्रिया हो जुन कुनै न कुनै समयमा आउने निश्चित छ । जापानमा भूकम्प र सुनामीले विध्वंश मच्चाएकै समयमा र त्यसपछि पनि क्रमशः रसुवा र कास्कीमा १०, ११ र १२ मार्चमा ४.५ रेक्टर स्केल हाराहारीको भूकम्प आएको रेकर्ड राष्ट्रिय भूकम्प केन्द्रले देखाएको छ । यसको अर्थ हो भूकम्प आई नै रहेको छ । फरक यत्ति हो, कहिले कम रेक्टर स्केलको भूकम्प आउँछ त कहिले धेरै रेक्टर स्केलको । उल्लेख्य कुरो के छ भने भूकम्पको मापनमा एक रेक्टर स्केल मात्रै बढी हुँदा पनि यसको असर सयौँगुणा बढ्ने हुन्छ ।
सबैले जानेकै कुरो हो, अव्यवस्थित र पूर्वयोजनाविना बनाइएका आवास, सडक तथा अन्य भौतिक संरचनाका कारण नेपाल भूकम्पीय उच्च जोखिममा छ । जापानमा ११ मार्चमा गएको भूकम्पको मापन करिब ८.९ रेक्टर स्केलको हाराहारीमा गरिएको छ जब कि नौ दशमलव एक रेक्टर स्केलको भूकम्प, जुन इन्डोनेसियाको सुमात्रा टापुमा २००४ मा गएको थियो, त्यसलाई इतिहासमा अहिलेसम्मकै ठूलो भूकम्प मानिएको छ । यति विशाल भूकम्प एसिया महादेशमै गएको छ । अनि हामी ती देशनिकट छौँ र भूकम्पविद्ले पनि बारम्बार नेपालमा भूकम्पको उच्च जोखिम भएको बताइरहेका छन् । भूकम्पबाट बच्न पूर्वतयारीका सबै योजनासहित बसेको जापानजस्तो राष्ट्रले समेत अहिलेको भूकम्प, सुनामी र त्यसले गरेको विनाशबाट मुक्ति पाउन अझै धेरै वर्ष कुर्नुपर्ने जस्तो देखिन्छ भने हाम्रो जस्तो देशमा भूकम्पपछिको हालत के होला ? सहजै अनुमान गर्न सकिन्छ । नेपाल भूकम्पको उच्च जोखिममा पर्नाका कारणलाई निम्नानुसार केलाउन सकिन्छ ः
भूकम्प प्रतिरोधात्मक क्षमताका भवन निर्माणमा चासो नदिनु ः मान्छेलाई घर बनाउन पाए भो । भोलि भूकम्पलगायतका प्राकृतिक प्रकोप आउँदा घरमा आफू र आफ्नो परिवार कसरी सुरक्षित हुन सकिन्छ भन्ने कुरो घर बनाउनुपुर्व कमैले सोचेका छन् । अग्लो घर बनाएर अरूको होचा घरलाई खिज्याउनुमा गर्व गर्ने सामन्ती संस्कृति छ हाम्रोमा । अग्लो घर स्वतः भूकम्पीय जोखिममा रहन्छ । लगानी बढ्ने डरमा पनि मान्छेले भूकम्प प्रतिरोधात्मक घर बनाएका छैनन् । त्यसको परिणाम घातक हुने निश्चित छ ।
सहरको 'मास्टर प्लान' नहुनु ः 'मास्टर प्लान' विना निर्माण गरिएका हाम्रा सहरमा खुला ठाउँको अभाव छ । हचुवाका भरमा पुल, सडक र ढलको निर्माण भएको छ । काठमाडौं उपत्यका मन्दिरहरूको सहरबाट अब कंक्रिटको जंगलमा रूपान्तरित भएको छ । जनसंख्याको अनुपातमा हस्पिटल, खानेपानी र विद्युत्को वितरण सम्भव भएको छैन । फराकिला सडक तथा खुला ठाउँ नहुँदा भूकम्प आयो भने भाग्ने ठाउँ त परै जाओस् उद्धारका लागि सडकमार्गबाट एम्बुलेन्स, डोजर, दमकल र सुरक्षाकर्मीका गाडी हिँड्ने ठाउँ पनि छैन उपत्यकामा ।
अनुगमन नहुनु र कडाइसाथ आचारसंहिता लागू नहुनु ः नगरपालिकामा भवन निर्माण गर्दा स्वीकृति लिनुपर्ने व्यवस्था छ । तर, भवन निर्माण आचारसंहिता कडाइसाथ लागू हुन नसक्दा तथा स्वीकृत भवनहरूको अनुगमन नहुँदा तथा अनुमन गर्ने निकायमा दक्ष जनशक्तिको अभाव हुँदा कमजोर संरचना बनेका छन् ।
विनापूर्वाधार गगनचुम्बी भवनको निर्माण ः विकसित मुलुकको नक्कल गर्दै नेपालमा अहिले गगनचुम्बी भवन निर्माणको होड चलेको छ । तर, के ती भवन सुरक्षित छन् ? उपत्यकाको हकमा सरकारी निकायसँग तीन तलासम्मको भवनमा मात्र आगो निभाउन सक्ने क्षमताका सीमित दमकल भएका अवस्थामा त्यस्ता अग्ला भवनमा आगलागी भइहाले कसरी उद्धार गर्ने ?
पहाड र अग्ला स्थान काटेर तथा खोँच भरेर घर बनाइनु ः पछिल्ला केही वर्षमा 'रियल स्टेट' तथा 'हाउजिङ' को भाउ बढ्नाले जहाँसुकै पनि प्लटिङ हुने काम भयो । अग्ला स्थान खारेर तथा गहिरा खोँच र खाल्डो भरेर घडेरी बनाउने काम भयो । फिलिङ -माटो अथवा ढुंगा भरेर सम्याइएको स्थान) मा जग बनाउँदा त्यसले घर असन्तुलित बन्न जान्छ र सानोतिनो कम्पनले पनि ढल्ने सम्भावना रहन्छ ।
पुराना भवनलाई विस्थापन अथवा पुनर्निर्माण नगरिनु ः उपत्यकाको असन, इन्द्रचोक, पाटनजस्ता पुराना र ऐतिहासिक सहरका पुराना संरचना वर्षौँदेखि यथावत् छन् । सांस्कृतिक र परम्परागत महत्त्व भए पनि भूकम्प आइहालेमा ती भवनले थेग्न सक्दैनन् । भूकम्प आएमा तिनै पुराना संरचनाका कारण धेरै मानवीय क्षति हुन सक्छ ।
कंक्रिटलाई मात्र निर्माण सामग्री ठान्नु ः मात्रै आधा शतकअघिसम्म ढुंगा, माटो र काठपातमा आधारित नेपालको निर्माण जगत अहिले कंक्रिटमा आएर जकडिएको छ । हामीले सिमेन्ट, रड, बालुवा, रोडा र इँटालाई मात्रै निर्माण सामग्रीका रूपमा बुझेका छौँ, जुन पूर्णतः गलत हो । स्थानीय रूपमै उपलब्ध र खतरारहित सामग्रीको प्रयोग गरेर पनि भवनलगायतका संरचना बन्न सक्छन् । जस्तो कि काठ, बाँस, खर, माटो, ढुंगा आदिको प्रयोगबाट पनि अति सुन्दर र अत्याधुनिक भवन बनाउन सकिन्छ ।
भूकम्पपछिको अवस्थाबारे पूर्वतयारी नहुनु ः हामीलाई भूकम्प नआइदियोस् भन्ने मात्रै छ । तर, हामीले आफ्नै निवास र कार्यालयमा त्यसको पूर्वतयारी गरेका छैनौँ । भूकम्प गइसकेपछि पेट्रोल बगेर तथा ग्यासका सिलिन्डर विस्फोट भएर अथवा पाइप फुटेर भवनमा आगो लाग्ने सम्भावना हुन्छ । यदि मोबाइल, रेडियो तथा पूर्ण चार्ज गरिएका इमर्जेन्सी लाइट तथा पानीका बलिया बोतल साथमै हुने हो भने भूकम्पपछिको अवस्थामा बाँच्न सहज हुन्छ भन्ने कुराको ज्ञान सबैलाई छैन ।
निचोडमा के भन्न सकिन्छ भने भूकम्प अकाट्य प्राकृतिक प्रकोप हो जसको पूर्वनिदान छैन । भूकम्पका परिणामलाई न्यूनीकरण मात्रै गर्न सकिने हो । यसका लागि संरचना बनाउँदा ध्यान दिनुका साथै पूर्वतयारी अवस्थामा रहनुपर्ने कुरा महत्त्वपूर्ण हुन्छ । यसका लागि कडाइसाथ भवन निर्माण आचारसंहिता लागू गर्ने, जनतामा भूकम्पीय चेतना र जागरण फैलाउने र उद्धार तथा व्यवस्थापनको पूर्वतयारी गरिनु आवश्यक छ।

Published in Naya Patrika on 2068/01/28
if you like this article you can contact to him by E-MAIL